February 21st, 2025

अर्थमन्त्री पौडेल भन्छन्,‘निर्धारित समयअगावै ग्रे लिस्टबाट बाहिर निस्कन्छौं’

बैंकिङ खबर/उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल निर्धारित समयअगावै ग्रे लिस्टबाट बाहिर निस्कने बताएका छन्। फाइनान्सियल एक्सन टाक्स फोर्स (एफएटीएफ) ले नेपाललाई ग्रे लिस्टमा राखेपछि संक्षिप्त प्रतिक्रिया दिँदै उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले भने, ‘विगतमा निर्धारित समयमा निर्धारित काम सम्पन्न गर्न नसक्दा यो परिस्थिति निर्माण भएको हो। पेरिस बैठकबाट नेपालको एक्सन प्लान स्वीकृत भएको छ। एक्सन प्लानअनुसार प्रभावकारी रूपमा काम गरेर हामी निर्धारित समय अगावै ग्रे लिस्टबाट बाहिर निस्कन्छौं।’