February 21st, 2025

सर्वेक्षण भन्छ,‘बैंकका कर्मचारीको तलब, सेवासुविधामा बढ्दो असन्तुष्टि’

बैंकिङ खबर/ वाणिज्य बैंकहरुको छाता संस्था नेपाल बैंकर्स संघले गरेको एक सर्वेक्षणमा नेपालका वाणिज्य बैंकमा काम गर्ने कर्मचारीमा तलब र सेवासुविधामा बढ्दो असन्तुष्टि गरेको पाइएको छ ।

‘कर्मचारी सर्वेक्षण’को नतिजाले बैंकिङ क्षेत्रको तलब तथा सेवासुविधामा पुर्णसन्तुष्ट रहेका कर्मचारीको अनुपात पछिल्लो २ वर्षमा करिब साढे ५ प्रतिशत बिन्दुले घटेको छ ।
सन् २०२२ मा वाणिज्य बैंकहरुको कर्मचारीमध्ये २३.३९ प्रतिशत कर्मचारी तलब तथा सेवा सुविधामा पूर्णसन्तुष्ट रहेको उक्त सर्वेक्षणले देखाएको छ ।

२०२४ मा आउँदा तलब तथा सेवासुविधामा पुर्णसन्तुष्ट हुने कर्मचारीको अनुपात १८ प्रतिशतमात्रै रहेको सर्वेक्षणको नतिजा छ । यस्तै बैंकहरुका कर्मचारीमा तलबप्रति असन्तुष्ट रहेका कर्मचारीको अनुपात ३ प्रतिशत बिन्दुले बढेको छ ।

सन् २०२२ मा २१.०७ प्रतिशत कर्मचारी तलबप्रति असन्तुष्ट रहेकोमा २०२४ मा उक्त अनुपात बढेर २४.१० प्रतिशत पुगेको सर्वेक्षणले देखाएको छ । आंशिक सन्तुष्ट रहेका कर्मचारीको अनुपात ५५.५४ प्रतिशतबाट बढेर ५७.९० प्रतिशत पुगेको हो ।