Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

लघुवित्त संस्थाको नाफामा ५०.४७ प्रतिशतको वृद्धि

२०८१ फाल्गुन ८ गते

बैंकिङ खबर/ चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ५० लघुवित्त कम्पनीहरूले २ अर्ब ७८ करोड रुपैयाँ नाफा आर्जन गरेका छन्। यस नाफामा ५०.४७ प्रतिशतको वृद्धि देखिएको छ। गत आर्थिक वर्षको सोही अवधिमा यी कम्पनीहरूले १ अर्ब ८४ करोड ८५ लाख रुपैयाँ नाफा कमाएका थिए।

यस अवधिमा सर्वाधिक नाफा आर्जन गर्ने कम्पनीको सूचीमा साना किसान विकास लघुवित्त अग्रस्थानमा रहेको छ। कम्पनीले ५१ करोड ७७ लाख ५५ हजार रुपैयाँ नाफा आर्जन गरेको छ, जुन गत वर्षको तुलनामा उल्लेखनीय वृद्धि हो।

त्यस्तै छिमेक लघुवित्तले ५१ करोड १८ लाख ३८ हजार, डिप्रोक्स लघुवित्तले २४ करोड ५६ लाख, नेशनल लघुवित्तले २१ करोड ५२ लाख, जीवन विकास लघुवित्तले २० करोड ५४ लाख, ग्रामीण विकास लघुवित्तले १८ करोड १८ लाख र निर्धन उत्थान लघुवित्तले १३ करोड ६० लाख नाफा आर्जन गरेका छन्। केही कम्पनीहरूले नाफा नकमाएको र ऋणात्मक नतिजा देखाएका छन्। नेष्डो लघुवित्त, इन्फिनिटि लघुवित्त र मातृभूमि लघुवित्तका नाफा ऋणात्मक रहेको छ।

महिला लघुवित्तको प्रतिसेयर आम्दानी सबैभन्दा माथि रहेको छ। यस अवधिमा महिला लघुवित्तको प्रतिसेयर आम्दानी ६७.३७ रुपैयाँ पुगेको छ। साथै, मिथिला लघुवित्तको ३८.२४ रुपैयाँ, ग्लोबल आइएमई लघुवित्तको ३८.२४ रुपैयाँ र युनिक लघुवित्तको ३६.९० रुपैयाँ आम्दानी रहेको छ।

यस अवधिमा सबैभन्दा कम खराब कर्जा सपोर्ट रहेको छ । कम्पनीको १.७४ प्रतिशत, महिला लघुवित्तको १.८६ प्रतिशत, साना किसान लघुवित्तको २.२७ प्रतिशत र डिप्रोक्स लघुवित्तको २.७२ प्रतिशत खराब कर्जा रहेका छन्। त्यस्तै २५ कम्पनीहरूको खराब कर्जा ५ प्रतिशतभन्दा माथि रहेको छ ।