Banking Khabar
ब्रेकिङ
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

अन्तर बैंक ब्याजदर ३ प्रतिशत

admin २०८१ फाल्गुन ७ गते
सेयर:

बैंकिङ खबर/ फागुन महिनामा बैंकिङ्ग प्रणालीको निक्षेप बढ्ने क्रम जारी रहेको छ। फागुन १ गते र फागुन २ गतेको तथ्यांकअनुसार बैंकिङ्ग निक्षेप एक दिनमा ५ अर्बले बढेको छ । राष्ट्र बैंकको फागुन १ गतेको तथ्यांकअनुसार बैंकिङ्ग प्रणालीमा ६७ खर्ब २७ अर्ब रुपैयाँ निक्षेप संकलन भएकोमा २ गते बढेर ६७ खर्ब ३२ अर्ब रूपैयाँ पुगेको छ ।

सो समयमा वाणिज्य बैंकको निक्षेप संकलन पनि बढेको छ । फागुन १ गते ५९ खर्ब ९८ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका बैंकहरूले २ गते ६० खर्ब ३ अर्ब रुपैयाँ संकलन गरेका छन् । सो अवधिमा कर्जा प्रवाह भने स्थिर रहेको छ ।

१ गते ५४ खर्ब ३८ अर्ब रुपैयाँ कर्जा प्रवाह भएकोमा २ गते पनि सोही रुपैयाँ बराबरको कर्जा प्रवाह भएको छ। यस्तै, फागुन १ गते ४८ खर्ब २६ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका वाणिज्य बैंकहरूले फागुन २ गते पनि सोही रुपैयाँ बराबरको कर्जा प्रवाह गरेका छन्। सो समयमा अन्तर बैंक ब्याजदर ३ प्रतिशत र सिडी रेसियो ७९ दशमलव ४८ प्रतिशत रहेको केन्द्रीय बैंकको तथ्यांकमा उल्लेख छ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।