
बैंकिङ खबर/ नेपाल धितोपत्र बोर्डमा विभिन्न ७ कम्पनीको बोनस शेयर दर्ता भएको छ। माघ २१ गतेदेखि माघ २९ गतेसम्मको अवधिमा ७ कम्पनीको बोनस शेयर धितोपत्र बोर्डमा दर्ता भएको हो । यो कम्पनीहरुको आर्थिक वर्ष २०८०/८१ को बोनस शेयर हो ।
धितोपत्र बोर्डमा बोनस शेयर दर्ता भएसंगै अब ति शेयरहरु नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सूचीकरणको लागि बाटो खुलेको छ। अब केहि दिन भित्रै ति शेयर नेप्सेमा सूचीकृत हुने छन् । नेप्सेमा सूचीकृत भएपछि र लगानीकर्ताको डिम्याट खातामा आएपछि ति शेयर खरिद बिक्रीको लागि बाटो खुल्ने छ।
बिन्धवासिनी हाइड्रोको ८ प्रतिशतले हुन आउने ७ लाख ९८ हजार कित्ता बोनस शेयर ।
हिमालयन डिस्टिलरीको १५ प्रतिशतले हुन आउने ४० लाख ८ हजार ७ सय ८४ दशमलव ९७ कित्ता बोनस शेयर ।
फर्स्ट माइक्रोफाइनान्सको ९ प्रतिशतले हुन आउने ११ लाख १० हजार ४ सय ४४ दशमलव २१ कित्ता बोनस शेयर ।
डिप्रोक्स लघुवित्तको ९.५० प्रतिशतले हुन आउने १६ लाख २० हजार ८ सय ८७ दशमलव १३ कित्ता बोनस शेयर ।
शिवम सिमेन्टको ८.५५ प्रतिशतले हुन आउने ४२ लाख ९८ हजार ८५ कित्ता बोनस शेयर ।
छिमेक लघुवित्तको ८ प्रतिशतले हुन आउने २३ लाख ८१ हजार ७ सय ३७ दशमलव ६८ कित्ता बोनस शेयर ।
ग्लोबल आईएमई बैंकको ५.५० प्रतिशतले हुन आउने १ करोड ९८ लाख ७० हजार ८ सय २३ दशमलव ६३ कित्ता बोनस शेयर ।




