Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

बैंकिङ पहुँचः सबै स्थानीय तहमा पुगे वाणिज्य बैंक

२०८१ माघ २८ गते

बैंकिङ खबर/देशका सबै स्थानीय तहमा बैंकिङ पहुँच पुगेको छ । भौगोलिक रुपमा विकट बझाङको साईपाल गाउँपालिकामा एभरेष्ट बैंकको शाखा विस्तार भएसँगै सबै स्थानीय तहमा वाणिज्य बैंकको शाखा विस्तार भएको हो ।

बैंकले गत असोजमा नै उक्त शाखा सञ्चालनमा ल्याएको थियो । सबै स्थानीय तहमा वाणिज्य बैंकको शाखा पुगेसँगै गभर्नर महाप्रसाद अधिकारी बैंकको उक्त शाखा उद्घाटन गर्न पुगेका हुन् ।

एभरेष्ट बैंकको व्यवस्थापन र सञ्चालक समितिका पदाधिकारीसहित गभर्नर अधिकारी हेलिकोप्टरमार्फत उक्त शाखा उद्घाटनको लागि पुगेका हुन् ।

मुलुक संघीय संरचना गएसँगै सरकारी कारोबार वाणिज्य बैंकमार्फत् हुने व्यवस्था अनुसार नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकलाई सबै स्थानीय तहमा शाखा पुर्याउन निर्देशन दिएको थियो ।