बैंकिङ खबर/ बैंकिङ प्रणालीमा निक्षेप र कर्जा प्रवाह दुवै बढ्न थालेको छ । नेपाल राष्ट्र बैंकको माघ २३ गतेको तथ्यांकअनुसार पछिल्लो समय बैंकिङ्ग प्रणालीमा ६७ खर्ब २० अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ । अघिल्लो दिन ६७ अर्ब २० अर्ब रुपैयाँ निक्षेप संकलन भएको थियो ।
माघ २२ गते ५९ खर्ब ८९ अर्ब रुपैयाँ संकलन गरेका वाणिज्य बैंकहरूले २३ गते ५९ खर्ब ९२ अर्ब रुपैयाँ संकलन गरेका छन्। सो अवधिमा कर्जा प्रवाहमा वृद्धि देखिएको छ। माघ २२ गते ५४ खर्ब २५ अर्ब रुपैयाँ कर्जा प्रवाह भएकोमा माघ २३ गते ५४ खर्ब २८ अर्ब रुपैयाँ रकम बराबरको कर्जा प्रवाह भएको छ ।
अघिल्लो दिन ४८ खर्ब १२ अर्ब कर्जा प्रवाह गरेका वाणिज्य बैंकहरूले २३ गते ४८ खर्ब १६ अर्ब रुपैयाँ प्रवाह गरेका छन्। सो समयमा अन्तर बैंक ब्याजदर ३ प्रतिशत र सिडी रेसियो ७९ दशमलव ४४ प्रतिशत रहेको छ ।