Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

बीमा समितिमा अध्यक्ष पद रिक्त हुँदै

admin २०७३ मंसिर २६ गते
सेयर:

बीमा समितिमा अध्यक्षको पद रिक्त हुन केही समयमात्रै बाँकी छ । समितिका वर्तमान अध्यक्ष प्रा.डा.फत्तबहादुर केसीको कार्यकाल पुस महिनाबाट सकिँदैछ । रिक्त हुन लागेको अध्यक्ष पदका लागि झण्डै दुई दर्जन आकांक्षी देखिएका छन् । वर्तमान अध्यक्ष करिब एक महिना बाँकी रहँदै देखि भावी अध्यक्षका लागि ती आकांक्षीले तीब्र रुपमा दौडधुप गरिरहेका छन् 

bima samitiबीमा समिति नेपालको बीमा ब्यवसायलाई ब्यवस्थित, बिकसित, नियमित र नियन्त्रित गर्नको लागि बीमा ऐन, २०४९ अनुसार स्थापना गरिएको एक स्वशासित संस्था हो । यस संस्थाले नेपालका बीमा कम्पनीहरुलाई नियमन गर्ने गर्दछ । नेपालमा बीमा व्यवसायलाई अत्यन्तै सम्भावनायुक्त व्यवसायका रुपमा पनि हेरिएको छ । पछिल्लो समय बीमा व्यवसायको अवस्था पनि निकै राम्रो देखिन्छ । त्यसैले पनि बीमा कम्पनीहरुको नियामक बीमा समितिको भावी अध्यक्ष पदका लागि पूर्वसचिवदेखि बीमा कम्पनीका प्रमुख, बैंक तथा वित्तीय संस्थाका प्रमुखलगायतले दौडधुप थालेका हुन् । समितिको अध्यक्ष बन्न चाहानेहरु करिब महिना दिन अघिदेखि नै अर्थमन्त्रालय धाउन थालेका स्रोतको दाबी छ ।  

को–को छन् आकांक्षी ?
बीमा समितिको अध्यक्ष पदका लागि बीमा कम्पनीहरुको छाता संगठन नेपाल बिमक संघका अध्यक्ष विजयबहादुर शाह पनि इच्छुक देखिएको बताइएको छ । उनलाई बिमक संघले नै अध्यक्षका लागि अघि सारेको पनि बुझिएको छ । स्रोतका अनुसार, अध्यक्ष बन्ने होडमा पोखरा विश्वविद्यालयका निर्देशक तथा बीमा विज्ञ प्रा. डा. रविन्द्र घिमिरे, पोखरा विश्वविद्यालयकै प्राध्यापक दिपक भण्डारी, पुनर्बीमा कम्पनीका सीइओ चिरायु भण्डारी, बैंकर लक्ष्मण घिमिरे, हरि घिमिरे, पूर्व सचिवलगायत केही बैंक तथा वित्तीय संस्थाका प्रमुखहरु अर्थ मन्त्रालय पुगेका छन् । अर्थमन्त्रालयका एक उच्च अधिकारीका अनुसार बीमा समितिको अध्यक्ष पदका लागि झण्डै २ दर्जन अकांक्षीले मन्त्रालयमा पुगेर लबिङ गरिरहेका छन् । 

को होला नयाँ अध्यक्ष ? 
krishna-maharaअर्थमन्त्री कृष्णबहादुर महराले बीमा समितिको अध्यक्षमा बीमा क्षेत्रलाई बुझेको विज्ञ तर बीमा कम्पनीमा आवद्ध नभएको व्यक्तिलाई ल्याउने तयारी गरेको उनको निजी सचिवालयले जनाएको छ । स्रोतका अनुसार उनको रोजाईमा पोखरा विश्वविद्यालयका निर्देशक तथा बीमा विज्ञ प्रा. डा. रविन्द्र घिमिरे पर्न सक्छन् । घिमिरे पनि कम्युनिष्ट धारका व्यक्ति भएकाले अर्थमन्त्रीले उनलाई रोज्न सक्ने अर्थमन्त्रीका सहयोगीहरुको भनाई छ ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।