Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

बीमा प्राधिकरणको कार्यकारी निर्देशकमा सुशीलदेव सुवेदी नियुक्त

२०८१ माघ २३ गते

बैंकिङ खबर/नेपाल बीमा प्राधिकरणको कार्यकारी निर्देशकमा सुशिलदेव सुवेदी नियुक्त भएका छन् । राजुरमण पौडेलको पदाअवधि सकिएको लामो समयपछि प्राधिकरणले कार्यकारी निर्देशक पाएको छ । सुवेदीले ७७.१९४ अंक पाएर कार्यकारी निर्देशक बन्न सफल भएकोे प्राधिकरणले जनाएको छ ।

कार्य सम्पादन मूल्याकंनमा सबैभन्दा धेरै नम्बर प्राप्त गर्दै सुवेदीले प्राधिकरणको कार्यकारी निर्देशकको जिम्मेवारी हात पारेका हुन् । कार्यकारी निर्देशक बन्न सुवेदीसहित कमल रेग्मी र पुजन ढुङ्गेल पनि प्रतिस्पर्धामा थिए ।अहिले प्राधिकरणको अध्यक्ष नियुक्तीको लागि सूचना जारी भएर उम्मेदवार छनौटको क्रममा रहेको छ ।