Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
अन्तर्राष्ट्रिय बैंकिङ

भारतले नेपाललाई ७ अर्ब भारु अनुदान दिने

२०८१ माघ २० गते

बैंकिङ खबर/ भारत सरकारले आर्थिक वर्ष २०२५/२६ सात अर्ब भारु अर्थात् ११ अर्ब २० करोड रुपैयाँ अनुदान दिने भएको छ । भारतीय वित्त मन्त्री निर्मला सीतारमणले सार्वजनिक गरेको भारत सरकारको वार्षिक बजेटमा नेपाललाई दिने अनुदान यस वर्षका लागि पनि यथावत राखिएको छ । भारतले पछिल्ला दुईवटा आर्थिक वर्षमा पनि सोही रकम बराबरको अनुदान उपलब्ध गराएको थियो ।

भारतले श्रीलंकालाई दिने अनुदान गत वर्षको जस्तै तीन अर्ब भारुलाई यथावत राखेको छ भने भुटानलाई यस वर्ष २१ अर्ब ५० करोड भारु अनुदान दिनेछ । साथै मालदिभ्सलाई दिने अनुदान बढाएर छ अर्ब भारु पु¥याएको छ भने साथै अफगानिस्तानलाई दिने अनुदान ५० करोड भारुबाट बढाएर एक अर्ब भारु बनाएको छ ।