February 1st, 2025

भारतीय बजेटः १२ लाख रुपैयाँसम्मको आयमा कर नलाग्ने

बैंकिङ खबर/ भारतमा वार्षिक १२ लाख रुपैयाँसम्मको आयमा कर नलाग्ने भएको छ। शनिबार भारतीय वित्तमन्त्री निर्मला सीतारमणले ल्याएको बजेटमा वार्षिक १२ लाख भारु कमाउने व्यक्ति वा परिवारलाई कर नलाग्ने घोषणा गरिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।

त्यो भन्दा बढी वार्षिक आम्दानी गर्नेलाई भने कर लाग्नेछ। १२ देखि १६ लाख कमाउनेले १५ प्रतिशत आयकर तिनुपर्नेछ। त्यस्तै १६ देखि २० लाख कमाउनेले २० प्रतिशत, २० देखि २४ लाख कमाउनेले २५ प्रतिशत र २५ लाख भन्दाबढी कमाउनेले ३० प्रतिशत आयकर तिनुपर्नेछ।