Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
अन्तर्राष्ट्रिय बैंकिङ

भारतीय बजेटः १२ लाख रुपैयाँसम्मको आयमा कर नलाग्ने

admin २०८१ माघ १९ गते
सेयर:

बैंकिङ खबर/ भारतमा वार्षिक १२ लाख रुपैयाँसम्मको आयमा कर नलाग्ने भएको छ। शनिबार भारतीय वित्तमन्त्री निर्मला सीतारमणले ल्याएको बजेटमा वार्षिक १२ लाख भारु कमाउने व्यक्ति वा परिवारलाई कर नलाग्ने घोषणा गरिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।

त्यो भन्दा बढी वार्षिक आम्दानी गर्नेलाई भने कर लाग्नेछ। १२ देखि १६ लाख कमाउनेले १५ प्रतिशत आयकर तिनुपर्नेछ। त्यस्तै १६ देखि २० लाख कमाउनेले २० प्रतिशत, २० देखि २४ लाख कमाउनेले २५ प्रतिशत र २५ लाख भन्दाबढी कमाउनेले ३० प्रतिशत आयकर तिनुपर्नेछ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।