बैंकिङ खबर/नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सम्पत्ति शुद्धीकरणको विषयमा उच्च सतर्कता अपनाएर काम गर्न निर्देशन दिएका छन् । ‘प्रथम सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय दिवस, २०८१’ को अवसरमा नेपाल राष्ट्र बैंकद्वारा आयोजित एएमएल/सीएफटी अनुपालना सम्बन्धी बैंक तथा वित्तीय संस्थाहरूसँगको अन्तरक्रिया कार्यक्रममा गभर्नर अधिकारीले नेपाल एफएटीएफको ग्रे लिस्टमा पर्ने जोखिम बढेपछि राष्ट्र बैंकले बैंकहरुलाई अलर्टमा बस्न निर्देशन दिए ।
सोमबार बिहान सम्पत्ति शुद्धीकरण निवारण विभागले गरेको छलफलमा केही दिन अगाडि फिलिफिन्सको मनिलामा भएको नेपालको प्रिजेन्टेसन र यसपछिको छलफल समेतको आधारमा नेपाल ग्रे लिस्टमा पर्ने अवस्था देखिएको सन्देश गनर्भर अधिकारीले दिएका थिए । नेपाल ग्रे लिस्टमा परे पनि त्यहाँबाट चाँडै बाहिर आउनेगरी काम भइरहेको बताएका थिए ।
त्यस लगत्तै बैंकरहरुलाई बोलाएर छलफल गर्दै सम्पत्ति शुद्धीकरण सम्बन्धी राष्ट्र बैंकको निर्देशन कार्यान्वयनमा उच्च ध्यान पु¥याउन निर्देशन दिएका हुन् । बैंकहरूले निक्षेप ग्राहकहरूको हिताधिकारीको तथ्यांक नराखेको, उच्च पदस्थ राजनीतिक व्यक्तिको विवरण नभएका जस्ता बैंकहरुको समान किसिमको समस्या देखिएको भन्दै त्यसमा सुधारको लागि के प्रयास भएन भनेर बैंकहरुले जवाफ दिनेगरी अगाडि बढ्नुपर्ने उनले बताए । यस्तै बैंकको तल्लो तहका कर्मचारीमा पर्याप्त सचेतना नहुँदा बैंक खाता खोल्दा अनुपालनमा कमजोरी देखिएको भन्दै त्यसमा सुधार गर्न गर्न निर्देशन दिए ।