बैंकिङ खबर/ चालु आर्थिक वर्षमा नेपाल राष्ट्र बैंकले कर्जा विस्तारको लक्ष्य १२ प्रतिशत राखेको भएपनि अपेक्षित गतिमा कर्जा प्रवाह हुन सकेको छैन ।
बैंकहरुको ६ महिनाको तथ्यांक हेर्दा ४ खर्ब ७२ अर्ब ६० करोड कर्जा प्रवाह भएको छ । यो अवधिमा निक्षेप भने ५ खर्ब ८९ करोड १० करोड संकलन भैसकेको छ ।जसअनुसार सिडी रेसियो ७९.१० प्रतिशतमा सिमित भैसकेको छ ।
नेपाल बैंकर्स संघ(एनबिए)ले बैंकहरुमा तरलता अधिक रहेपनि कर्जाको माग बढ्न नसकेको बताएको छ । तर कृतिम माग सिजर्ना गरी कर्जा प्रवाह गर्न नहुनेमा पनि एनबिए सजग रहेको उल्लेख गरेको छ । ऋण नबढ्नुमा व्यापार तथा व्यावसायीहरुको मनोवल कमजोर भएको एनबिएको तर्क छ ।
यसकारण सरकारले निजी क्षेत्रको मनोवल उकास्नु पर्नेमा जोड दिएको छ । बैंकहरुको खराब कर्जामा निरन्तर बढोत्तरी हुनु हालको बैंकिङ क्षेत्रको सबैभन्दा ठूलो समस्याको रुपमा लिएको छ ।
औसत खराब कर्जाको दर नै ४.४९ प्रतिशत पुगिसकेको छ । खराब कर्जाको रिकभरीका लागि विभिन्न समस्याहरु उत्पन्न भएका छन् । खराब कर्जा असुल उपर गर्न जाने बैंकका कर्मचारीहरुमा आक्रमणको प्रयास हुन थालेको छ ।
यस्तै, स्थानीय सरकारले पनि ऋणीको कुरा सुनेर समयमै काम नगर्ने प्रवृति बढ्दै गएको छ । घट्दो नाफादरलाई पनि बैंकर्स संघले चुनौतिको रुपमा लिएको छ ।




