बैंकिङ खबर/ चालु आवको दोस्रो त्रैमासिकसम्मको अवधिमा वाणिज्य बैंकहरुको नाफा औसत ४.६२ प्रतिशतले घटेको छ । नाफा घट्दा त्यसको प्रभाव प्रतिसेयर आम्दानीमा पनि परेको छ ।
वित्तीय विवरणअनुसार चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्मको अवधिमा सबैभन्दा बढी प्रतिसेयर आम्दानी हुने बैंक स्ट्याण्डर्ड चार्टर्ड बैंक हो । यो बैंकको प्रतिसेयर आम्दानी ३२ रुपैयाँ ६७ पैसा रहेको छ ।
त्यस्तै ३२ रुपैयाँभन्दा माथि प्रतिसेयर आम्दानी हुन् अको बैंकको एभरेष्ट बैंक । यो बैंकको प्रतिसेयर आम्दानी ३२ रुपैयाँ ०६ पैसा रहेको छ । यी दुईवटा बैंक बाहेक अरू बैंकको प्रतिसेयर आम्दानी ३० रुपैयाँ भन्दा कम नै रहेको छ । केही बैंकको प्रतिसेयर आम्दानी २ रुपैयाँसम्म रहेको छ ।
यो अवधिमा सबैभन्दा कम प्रतिसेयर आम्दानी हुने बैंक एनआईसी एसिया बैंक हो । यसको प्रतिसेयर आम्दानी २ रुपैयाँ ०४ पैसा रहेको छ । त्यस्तै कुमारी बैंकको प्रतिसेयर आम्दानी पनि २ रुपैयाँ १ पैसा रहेको छ ।
पुस मसान्तसम्मको विवरणअनुसार नविल बैंकको प्रतिसेयर आम्दानी २४ रुपैयाँ ०५ पैसा रहेको छ भने ग्लोबल आईएमी बैंकको १६ रुपैयाँ ०२ पैसा रहेको छ । यी दुई बैंक सबैभन्दा धेरै नाफा कमाउने बैंकसमेत हुन् । नाफा धेरै कमाउनेको पहिलो स्थानमा नविल छ भने दोस्रोमा ग्लोबल आइएमई रहेको छ ।
यो अवधिमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको प्रतिसेयर आम्दानी १६ रुपैयाँ ६० पैसा, एनएमबि बैंकको २१ रुपैयाँ ८२ पैसा र कृषि विकास बैंकको ११ रुपैयाँ ४७ पैसा रहेको छ । त्यस्तै प्राइम कमर्सियल बैंकको प्रतिसेयर आम्दानी १९ रुपैयाँ २८ पैसा, नेपाल एसबिआई बैंकको १७ रुपैयाँ २५ पैसा, सानिमा बैंकको १७ रुपैयाँ ६१ पैसा र सिटिजन्स बैंकको ८ रुपैयाँ ९६ पैसा पुगेको छ ।
माछापुच्छ्रे बैंकको प्रतिसेयर आम्दानी १३ रुपैयाँ ८९ पैसा, नेपाल बैंकको ६ रुपैयाँ २७ पैसा, सिद्धार्थ बैंकको ७ रुपैयाँ ५० पैसा, लक्ष्मी सनराइजको ९ रुपैयाँ ५० पैसा र हिमालयन बैंकको १४ रुपैयाँ ०३ पैसा रहेको छ । पुस मसान्तसम्मा प्रभु बैंकको यस्तो आम्दानी ११ रुपैयाँ ३५ पैसा र सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको प्रतिसेयर आम्दानी ९ रुपैयाँ ७६ पैसा रहेको छ ।




