बैंकिङ खबर/ वैदेशिक रोजगारीमा गएकाहरुका लागि नेपाल माइक्रो इन्स्योरेन्सले आईपीओ निष्कासन गरेको छ। कम्पनीले आजबाट आवेदन दिन मिल्ने गरेर २ लाख २५ हजार कित्ता सेयर निष्कासन गरेको हो। श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएकाहरुले आजबाट निष्कासनमा आएको कम्पनीको आईपीओमा आवेदन दिन पाउनेछन्।
आवेदन दिँदा न्युनतम १० कित्ता र अधिकतम १ लाख कित्तासम्म दिन पाइने सो कम्पनीले जनाएको छ। कम्पनीले यही माघ २२ गतेसम्म आवेदन खुला राखिएको बताएको छ।




