Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

बैंकहरुको खराब कर्जा अधिकतम ७ प्रतिशतसम्म, कुनको कति ?

२०८१ माघ ८ गते

बैंकिङ खबर/ बैंकहरुको खराब कर्जा निरन्तर बढिरहेको छ । वाणिज्य बैंकहरुको खराब कर्जा पुस मसान्तमा आइपुग्दा अधिकतम ७ प्रतिशतको हाराहारीमा आइपुगेको छ ।

विवरण अनुसार कुमारी बैंकको खराब कर्जा ६.९६ प्रतिशतमा पुगेको छ । औषतमा भने वाणिज्य बैंकहरुको खराबकर्जा ४.३३ प्रतिशतमा देखिएको छ । वाणिज्य बैंकहरुले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकको अपरिष्कृत वित्तीय विवरणमा १४ वटा बैंकहरुको खराबकर्जा बढेर ४ प्रतिशत माथि पुगेको छ भने एउटा बैंकको खराबकर्जा बढे पनि ३ प्रतिशतमै सीमित बनाउन सफल भएको छ ।

कुनको कति ?

कुमारी बैंक खराब कर्जा ६.९६ प्रतिशत

प्रभु बैंकले ५.६ प्रतिशत

नेपाल इन्भेष्टमेन्ट बैंक ५.८६ प्रतिशत

लक्ष्मी सनराईज बैंक ५.६७ प्रतिशत

नेपाल एसबीआई बैंक ३.५५ प्रतिशत

नेपाल इन्भेष्टमेन्ट बैंक ५.८६ प्रतिशत

प्राईम बैंक ४.९६ प्रतिशत

हिमालयन बैंक ४.९८ प्रतिशत

नेपाल बैंक ४.९९ प्रतिशत

सिटिजन्स बैंक ४.८५ प्रतिशत

माछापुच्छ्रे बैंक ४.५४ प्रतिशत

ग्लोबल आइएमई बैंक४.८६ प्रतिशत

एनआइसी एसिया बैंक ४.६१ प्रतिशत

सिद्धार्थ बैंक ४.५ प्रतिशत

राष्ट्रिय वाणिज्य बैंक ४.९६ प्रतिशत

कृषि विकास बैंक ४.९ प्रतिशत

नेपाल एसबीआई बैंक खराबकर्जा ३.५५ प्रतिशत

सानिमा बैंक ३.२२ प्रतिशत

एनएमबी बैंक ३.९६ प्रतिशत

नबिल बैंक खराबकर्जा १.७ प्रतिशत

बैंकहरूको खराब कर्जा १२ देखि १४ प्रतिशत पुगेको छः पूर्वगभर्नर क्षेत्री

नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दिपेन्द्रबहादुर क्षेत्री वास्तविक तथ्यांक हेर्ने हो भने १२ देखि १४ प्रतिशत पुग्ने बताउँछन् । कर्जा लिएर व्यवसाय गर्दा पनि घरजग्गा बाहेक परियोजना धितोमा दिनमा बैंकहरु कन्जरभेटिभ छन् ।

उनी भन्छन्, ‘कोभिडको समयमा १ प्रतिशत रहेको खराबकर्जा अहिले ६ प्रतिशत माथि छ। अझै बास्तविक तथ्यांक हेर्र्नेहो भने १२ देखि १४ प्रतिशतसम्म पुग्नसक्ने देखिन्छ।’