Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

एनआईसी एसिया, प्रभु र हिमालयन बैंक राष्ट्र बैंकको कारबाहीमा

२०८१ माघ ७ गते

बैंकिङ खबर/आर्थिक वर्षको दोस्रो त्रैमासमा नेपाल राष्ट्र बैंकले तीन वटा वाणिज्य बैंकलाई कारबाही गरेको छ । आफ्नो निर्देशनविपरीत काम गर्ने प्रभु, हिमालयन र एनआईसी एसिया बैंकलाई कारबाही गरेको हो । जसअनुसार राष्ट्र बैंकले प्रभु बैंकलाई नियमविपरित सञ्चालक समिति नियुक्त गरेर वार्षिक साधारणसभाबाट पारित गरेको, बैंकको सर्वसाधारण सञ्चालकको पदावधि समाप्त भए तापनि मर्जर तथा प्राप्तिको व्यवस्थालाई आफूअनुकूल व्याख्या गरी सञ्चालकको पदावधि प्राप्ति भएको मितिबाट गणना गरिएकाले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐनको व्यवस्था पालना नगरको राष्ट्र बैंकले भनेको छ । यसकारण उक्त सञ्चालकलाई पदबाट हटाउन उक्त बैंकको संचालक समितिलाई निर्देशन दिएको छ ।

स्थलगत निरीक्षणका क्रममा यस बैंकबाट जारी निर्देशनहरूको पालनामा कमजोरीहरू देखिएको तथा निरीक्षण प्रतिवेदनमा औल्याइएका कैफियतहरू समयमै सुधार गर्न बैंक अग्रसर रहेको नदेखिएको, कर्जा बक्यौता अवधिको आधारमा कर्जा नोक्सानी बापतको व्यवस्था कायम नगरेको तथा पुँजी पर्याप्तता अनुपात गणना सम्बन्धमा जारी निर्देशन पालना नभएको भन्दै बैकका प्रमुख कार्यकारी अधिकृतलाई राष्ट्र बैंकले सचेत गराएको छ । यस्तै, कर्जा सापटको वर्गीकरण भाखा नाघेको अवधिका आधारमा नगरी कर्जा नोक्सानी सम्बन्धी व्यवस्थाहरुको पालना नगरेको भन्दै हिमालयन बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृतलाई राष्ट्र बैंकले सचेत गराएको छ ।