Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

सांग्रिला डेभलपमेन्ट बैंकमा रोजगारीको अवसर

admin २०८१ माघ ६ गते
सेयर:

बैंकिङ खबर/सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैंकले चार्टर्ड एकाउन्टेन्ट (सीए) र सेमी क्वालिफाइड सीएका लागि कर्मचारी मागेको हो ।  सेमी क्वालिफाइड सीएका लागि भने उम्मेदवारले इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपाल वा इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ इन्डियाबाट कम्तीमा सीएपी-II वा सोसरह स्तर उत्तीर्ण गरेको हुनुपर्नेछ।

अनुभवको हकमा सेमी क्वालिफाइड सीएका उम्मेदवारले कम्तीमा दुई वर्षको आर्टिकलसिप पूरा गरेको वा बैंकिङ क्षेत्रसँग सम्बन्धित कामको अनुभव हासिल गरेको हुनुपर्नेछ। आवेदन इच्छुक व्यक्तिले सांग्रिला डेभलपमेन्ट बैंकको वेबसाइटको करियर सेक्सन (www.shangrilabank.com) मा गई तोकिएका प्रक्रिया पूरा गरेर आवेदन दिन सक्नेछन्। आवेदन दिनुपर्ने अन्तिम म्याद माघ २० सम्म तोकिएको छ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।