Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

यि हुन् राष्ट्र बैंकको निगरानीमा रहेका फाइनान्स र विकास बैंक

२०८१ माघ ६ गते

बैंकिङ खबर/ गत पुस १० कर्णाली डेभलपमेन्ट बैंकलाई समस्याग्रस्त घोषणा गरेको राष्ट्र बैंकले दर्जन बढी विकास बैंक र फाइनान्स कम्पनीलाई उच्च निगरानीमा राखेको छ । वित्तीय अवस्था खराब बन्दै गएपछि राष्ट्र बैंकले उच्च निगरानीमा राखेको हो ।

राष्ट्र बैंकले पोखरा फाइनान्स, नारायणी डेभलपमेन्ट बैंक, जानकी फाइनान्स, समृद्धि फाइनान्स र सप्तकोशी डेभलपमेन्ट बैंकलाई निगरानीम राखेको छ ।

२ विकास बैंक र १ फाइनान्स कम्पनीको खराब कर्जा अनुपात दोहोरो अंक नजिक देखिएको छ भने ४ विकास बैंक र ६ वटा फाइनान्स कम्पनीको दोहोरो अंक माथि रहेको छ । २ संस्थाको खराब कर्जा अनुपात ४० प्रतिशतमाथि उक्लिएको छ ।

राष्ट्र बैंकका अनुसार नारायणी डेभलपमेन्ट बैंकको खराब कर्जा अनुपात सबैभन्दा धेरै ४२.५३ प्रतिशत देखिएको छ । यस्तै, पोखरा फाइनान्सको ४१.०७, जानकारी फाइनान्स ३८.४४,समृद्धि फाइनान्सको २३.४४ रहेको छ । यस्तै, सप्तकोशी डेभलपमेन्ट बैंक १४.७७, गुहेश्वरी फाइनान्स १३.५६ तथा गोर्खाज फाइनान्सको खराब कर्जा १३.४५ प्रतिशत रहेको छ ।

एक्सल डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक र नेपाल फाइनान्सको खराब कर्जा पनि दोहोरो अंकमाथि छ । साल्पा विकास बैंक, सेन्ट्रल फाइनान्स, रिलायन्स फाइनान्स र ज्योति विकास बैंकको खराब कर्जा पनि ५ प्रतिशत माथि रहेको छ ।

पोखरा फाइनान्सलाई राष्ट्र बैंकको स्पष्टीकरण

यसैबीच पोखरा फाइनान्सलाई समस्याग्रस्त घोषणा किन नगर्ने भनेर राष्ट्र बैंकले स्पष्टीकरण सोधेको छ ।
कम्पनीलाई समस्याग्रस्त घोषणा गर्नुअघि सफाइको अवसर दिइने गरिएको छ ।

यो कम्पनीलाई पनि ३५ दिनको समय दिने प्रस्ताव आए पनि सदस्यहरूले १५ दिनको समय दिइने निर्णय गरेका थिए ।