
बैंकिङ खबर/ सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकमध्ये ११ वटाले लाभांश वितरण गरेका छन् भने ९ वटा वाणिज्य बैंकले लगाानीकर्तालाई निराश बनाएका छन् ।
२० वाणिज्य बैंकमध्ये सबैभन्दा बढी लाभांश दिने बैंक स्ट्यान्डर्ड चार्टर्ड बैंक रहेको छ । बैंकले २५.५० प्रतिशत लाभांश दिँदा सबैभन्दा कम लाभांश ४ प्रतिशत रहेको छ ।
११ मध्ये १० प्रतिशतभन्दा बढी लाभांश दिने बैंकको संख्या ५ मात्रै छ । सबैभन्दा थोरै लाभांश सिद्धार्थ बैंकले ४ प्रतिशतमात्र दिएको छ ।बैंकहरुको लाभांश विवरणअनुसार कृषि विकास बैंकले १०.५३ प्रतिशत, सिटिजन्स बैंकले ४.२१ प्रतिशत, एभरेस्ट बैंकले १५.५३ प्रतिशत, ग्लोबल आइएमई बैंकले ५.५० प्रतिशत, लक्ष्मी सनराइज बैंकले ५.२६ प्रतिशत, नबिल बैंकले १० प्रतिशत, प्राइम बैंकले ५ प्रतिशत, सानिमा बैंकले ५.२६ प्रतिशत र नेपाल एसबिआई बैंकले १०.६५ प्रतिशत लाभांश दिएको छ ।
२० बैंकमध्ये १९ वटा बैंक नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत छन् । वाणिज्य बैंक भने सूचीकृत छैन । आव २०८०।८१ को नाफाबाट लाभांश नदिने बैंकहरुमा प्रभु बैंक, एनएमबी बैंक, माछापुच्छ्रे बैंक, कुमारी बैंक, हिमालयन बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, नेपाल बैंक, एनआईसी एसिया बैंक र राष्ट्रिय वाणिज्य बैंक रहेका छन् ।




