Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

नेपाल सेयर मार्केट्स फाइनान्स व्यवस्थापन : सदस्य पदमा तिम्सिना छनोट

२०८१ पुष २८ गते


बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले समस्याग्रस्त नेपाल शेयर मार्केट्स एण्ड फाइनान्स लिमिटेडको व्यवस्थापन समूहको सदस्य पदमा राजेन्द्र प्रसाद तिम्सिना छनोट गरेको छ ।

मिति २०८१/०८/१२ मा प्रकाशित सूचना अनुसार रितपूर्वक दरखास्त पेश गरी तोकिए बमोजिमका परीक्षामा सहभागी भएका उम्मेदवारहरूले प्राप्त गरेको कुल अंकको आधारमा तिम्सिनालाई छनोट गरेको हो ।

छनौटमा परेको मुख्य उम्मेदवारले नियुक्तिका लागि मिति २०८१/१०/०२ भित्र विभागमा सम्पर्क राख्न समेत अनुरोध गरिएको छ । साथै, तोकिएको मितिभित्र सम्पर्क गर्न नआएमा नियमानुसार वैकल्पिक उम्मेदवारलाई नियुक्ति दिइने व्यहोरा समेत सूचित गरिएको छ ।
वैकल्पिक उम्मेदवारमा राम प्रताप यादव र प्रकाश घिमिरे रहेका छन् ।