Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

शंकास्पद कारोबारमा निगरानी बढाउन बैंकहरुमा अब छुट्टै एएमएल/सीएफटी युनिट

२०८१ पुष २६ गते

बैंकिङ खबर/ शंकास्पद कारोबारमा निगरानी बढाउन अब बैंकहरुमा छुट्टै एएमएल/सीएफटी विभाग वा इकाइ खडा गर्नुपर्ने भएको छ। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका लागि जारी एकीकृत निर्देशनमा संशोधन गर्दै यस्तो व्यवस्था थप गरेको हो।

संशोधित निर्देशनअनुसार अब बैंक तथा वित्तीय संस्थाले व्यवस्थापकीय तहको कार्यान्वयन अधिकारी प्रमुख रहने गरी एउटा अलग्गै एएमएल/सीएफटी विभाग वा इकाइ खडा गर्नुपर्नेछ।

कार्यान्वयन अधिकारीको नियुक्ति तथा शंकास्पद कारोबार प्रतिवेदन पठाउने राष्ट्र बैंकले विभिन्न प्रावधान पनि थप गरेको छ। जसअनुसार बैंक तथा वित्तीय संस्थाले कार्यान्वयन अधिकारी नियुक्ति गर्दा निज सम्बन्धित नियमनकारी निकायका पदाधिकारी वा उच्च व्यवस्थापनका कर्मचारीको एकाघर परिवार वा नजिकको नातेदार नरहेको यकिन गर्नुपर्नेछ।

यसैगरी बैंक तथा संस्थाले शंकास्पद कारोबारको प्रतिवेदन पठाउँदा त्यस्तो संस्थाको कार्यान्वयन अधिकारीको एकाघर परिवार वा नजिकको नातेदार को विवरण पठाउनुपर्ने भएमा निजबाहेक अन्य अधिकारीबाट प्रतिवेदन पठाउने व्यवस्था मिलाउनुपर्ने प्रावधान राष्ट्र बैंकले ल्याएको छ।