January 6th, 2025

ट्रेजरी बिलमार्फत ८ अर्ब आन्तरिक ऋण उठाउँदै सरकार

बैंकिङ खबर/ सरकारले मंगलबार ट्रेजरी बिलमार्फत ८ अर्ब रुपैयाँबराबर आन्तरिक ऋण उठाउन लागेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सूचना जारी गर्दै ट्रेजरी बिलमार्फत ८ अर्ब रुपैयाँ उठाउन लागेको जनाएको हो ।

कार्यालयले उल्लिखित रकम बराबरको परिपक्व अवधि पूरा भएको पुरानो ट्रेजरी बिलको नवीकरण गर्न लागेको हो । ट्रेजरी बिलका लागि सोमबार (पुस २२ गते) दिउँसो दुई बजेसम्म बोलकबोल गर्न सकिने सूचनामा उल्लेख छ । जसअनुसार मंगलबार ट्रेजरी बिल जारी (वितरण) गरिनेछ ।

यसअघि सरकारले पटक पटक ट्रेजरी बिल, विकास ऋणपत्र, नागरिक बचतपत्र, वैदेशिक ऋणपत्रलगायत औजारमार्फत आन्तरिक ऋण संकलन गरिरहेको छ । सोही क्रममा यस पटक ट्रेजरी बिलमार्फत उल्लिखित रकम बराबर आन्तरिक ऋण उठाउन लागेएको हो ।

पछिल्लो पटकको बोलकबोलमा २.९६ प्रतिशत भारित औसत ब्याजदर तय भएको छ । बैंक तथा वित्तीय संस्थाले सबैभन्दा बढी २.९९ प्रतिशत र सबैभन्दा कम २.६३ प्रतिशत ब्याजदरमा बोलकबोल गरेका थिए ।