Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

तिनाउ विकास बैंकले माग्यो कर्मचारी

admin २०७३ मंसिर २३ गते
सेयर:

बुटवलमा केन्द्रीय कार्यालय रहेको तिनाउ विकास बैंकले केही संख्यामा शाखा व्यवस्थापक र प्रशिक्षार्थीको रुपमा जुनियर एसिस्टेन्ट (पुरुष) माग गरेको छ । शाखा व्यवस्थापकका लागि व्यवस्थापन संकायमा स्नातक उतीर्ण गरी दुई वर्ष वित्तीय संस्थामा काम गरेको अनुभव भएको र उमेर ३५ वर्ष ननाघेको हुनुपर्नेछ । त्यस्तै, जुनियर एसिस्टेन्टका लागि व्यवस्थापन संकायमा प्लस दुई उतीर्ण गरेको, कम्प्युटर तथा नेपाली टाइपिङमा दक्ष र उमेर ३० वर्ष ननाघेको हुनुपर्नेछ । 

इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले १७ डिसेम्बर अर्थात पुस २ गतेभित्र वायोडाटा, शैक्षिक प्रमाणपत्र, नागरिकताको फोटोकपि, पासपोर्ट साइजको फोटो र निवेदन बैंकको इमेल ठेगाना info@tinaubank.com मा पठाउनुपर्नेछ । थप जानकारी चाहिएमा www.tinaubank.comभिजिट गर्न सक्नुहुनेछ ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।