बैंकिङ खबर/ प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले एक सूचना जारी गर्दै १२ स्थानमा रहेका शाखा कार्यालयको शाखा प्रमुखमा कर्मचारी माग गरेको छ ।
कम्पनीले जारी गरेको सूचना अनुसार उक्त पदमा आवेदन दिनको लागि उम्मेदवारले न्यूनतम स्नातक वा सो सरह योग्यता हासिल गरेको हुनुपर्ने छ । साथै, अनुभवीलाई बढी प्राथमिकता प्रदान गरिने समेत सूचनामा उल्लेख गरेको छ।
इच्छुक उम्मेदवारले सूचना प्रकाशित मितिले पुस २२ गतेसम्म आवश्यक कागजातसहित कम्पनीको वेबसाइट मार्फत आवेदन दिन सक्नेछन् ।