December 26th, 2024

विकास बैंकहरूको सेयर मूल्यमा भारी गिरावट

बैंकिङ खबर/नेपाल स्टक एक्सचेन्ज (नेप्से) झिनो अंकले बढेको छ । साताको अन्तिम कारोबारका दिन बिहीबार नेप्से परिसूचक ४.१९ अंकले बढेर २६३०.७१ को विन्दुमा बन्द भएको हो ।

यस दिन बजारमा २ करोड ९ लाख ७८ हजार ९७९ कित्ता सेयरको खरिद बिक्री हुँदा ५ अर्ब ३२ करोड ९२ लाख ७४ हजार रूपैयाँको कारोबार भएको छ ।

बिहीबार आत्मनिर्भर लघुवित्त वित्तीय संस्था र सपोर्ट माइक्रो फाइनान्स वित्तीय संस्थाका लगानीकर्ताहरूले सर्वाधिक नाफा कमाएका छन् । यी दुवै कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।
त्यस्तै, कर्पोरेट डेभलपमेन्ट बैंक, नारायणी डेभलपमेन्ट बैंक र सिन्धु विकास बैंकको सेयर मूल्य सबैभन्दा बढी १० प्रतिशतले घटेको छ ।