Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

प्रभु बैंकले लाभांश नदिने

२०८१ पुष ७ गते

बैंकिङ खबर/ प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई लाभांश नदिने निर्णय गरेको छ। बैंकको पुस ५ गते बसेको सञ्चालक समितिको बैठकले यस वर्ष शेयरधनीहरूलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो।

साथै बैठकले सोही बमोजिम वित्तीय विवरणहरू स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने र आगामी वार्षिक साधारणसभाबाट पारित गर्ने निर्णय पनि गरेको छ।