December 20th, 2024

बैंकवित्तीय क्षेत्रका रोजगार : विदेशीन बाध्य कर्मचारी

मन प्रसाद फुयाँल

देशमा रोजगारी अवसर प्राप्त नहुँदा एवं बैंक वित्तीय संस्थामा कार्यरत कर्मचारी रोजगारको अवसर हुँदाहुँदै बढ्दो महँगी, असिमित आवश्यकता र देशको राजनीतिक अवस्थाले सँधैजसो अन्तर्राष्ट्रिय विमानस्थलमा खादा माला, आफन्तको बिदाई, फोटो लिन तछाड मछाड गरिरहेको दृष्य र भिडभाड देख्न सकिन्छ ।

अझ भन्नुपर्दा देशमा बैंक वित्तीय संस्थामा कार्यरत कर्मचारी अहिले आर्कषण भनेको वैदेशिक राजगार रहेको छ । यो क्रम पछिल्लो अवस्थामा बढ्दो रहेको छ ।

हाल नेपालको पेशा र बैंकिङ क्षेत्र सुरक्षित छैन । कतिखेर के हुने हो भन्ने अवस्था छ । कति खेर जागिरबाट हात धुने हो थाहा छैन । बल्ल–बल्ल पाएको जागिरले हातमुख जोर्न हम्मेहम्मे छ । काम गरेको वर्षौ भइसक्यो । युवा उमेरले नेटो काटिसक्यो । युवाको जोस जागर सेलाई सक्यो । कहिले स्थायी हुने हो थाहा छैन । जागिरको टुंगो छैन । जागिरको सुरक्षा छैन । यो अवस्था देख्दा कुन युवा स्वदेशमा बस्न खोज्ला र ?

बैंक वित्तीय संस्थामा तोडफोड, कर्मचारी कुटपिट, बैंक वित्तीय संस्था बन्द र हड्ताल सामान्य जस्तो भइसक्यो । अझ भन्नुपर्दा विभिन्न संघर्षको नाममा समिति गठन गरी कर्मचारीमाथि हातपात, धम्काउने, थर्काउने, गालिगौलज गर्ने जस्ता कार्यले गर्दा सुरक्षित तरिकाले काम गर्ने वातावरण नभएकोले जागिर भएका पनि जागिर छोडेर वैदेशिक रोजगारमा जान बाध्य छन् ।

रहर भन्दापनि आफ्नो शिक्षा, आवश्यकता, अवसर, सुख सुविद्या, आर्कषण तलबको खोजीमा विदेशी भूमिमा काम गर्न ईच्छुक भएका छन् । अझ देशको अवस्थाले वाक्क दिक्क भएका युवायुवतीहरु परिवारको आर्थिक अवस्थालाई हेरी ति आवश्यकता पूरा गर्न विदेशी भूमिमा रगत पसिना बगाउन र १ थान पासर्पोट सबै नेपालीको अनिवार्य जस्तै भएको छ । विदेशी मोह रहर हैन बाध्यता हो । कर्मचारीहरुलाई विदेशिन बाध्य पारिएको छ ।

पछिल्लो समयमा वैदेशिक रोजगारमा बैंक वित्तीय संस्थामा कार्यरत कर्मचारी विदेशिएका छन् । अझ भन्नुपर्दा तराईमा बसोबास गर्ने कर्मचारी भन्दा ग्रामीण भेगमा बसोबास गर्ने कर्मचारीले जागिर छाडी वैदेशिक रोजगारमा जान बाध्य छन् ।

हाल नेपालको पेशा र बैंकिङ क्षेत्र सुरक्षित छैन । कतिखेर के हुने हो भन्ने अवस्था छ । कति खेर जागिरबाट हात धुने हो थाहा छैन । बल्ल–बल्ल पाएको जागिरले हातमुख जोर्न हम्मेहम्मे छ ।

एक जना कर्मचारी नाम नबताउने सर्तमा भन्दै थिए, जागिर खाएर केही हुँदैन, फलानो यो देश पुग्यो, यति कमायो, उती पठायो, घडेरी जोड्यो,घर किन्यो, गाडी किन्यो, अनि मेरो घर नजिकको साथी गयो, दिदी गइन, दाई गयो, मामा गए, मसँगै काम गर्ने साथी गयो, नेपालमा केही गर्न सकिँदैन । जागिरबाट केही हुन्न । मैले नी पासपोर्ट लगाको छु । भिसा आएपछि बस्दिन । यस्ता किसिमका साथीहरु प्रत्येक ठाउँमा भेटिन्छन् ।

सबै सरोकारवालाले यस्ता किसिमका समस्यालाई बेलामै सोचेर अध्यन गरी कर्मचारीको मर्म बुझेर संस्थामै दिगो काम गर्ने वातावरण मिलाएमा एवं सरकारले बैंक वित्तीय संस्थामा तोडफोड, कर्मचारी कुटपिट, बैंक वित्तीय संस्था बन्द र हटताल गर्नेको ठोस व्यवस्थापन गरेमा बैंक वित्तीय संस्थामा कार्यरत कर्मचारी विदेश पलायन हुने सम्भावना न्यून भइ आफ्नो देशमा बस्न म जस्तो सबैलाई मन छ ।