Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

बैंकिङ प्रणालीमा निक्षेप पौने ६७ खर्ब नाघ्याे

२०८१ पुष ३ गते

बैंकिङ खबर/ बैंकिङ प्रणालीमा निक्षेप पौने ६७ खर्ब नाघेको छ। नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार मंसिर मसान्तसम्म बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप बढेर ६६ खर्ब ७६ अर्ब रुपैयाँ पुगेको छ। अघिल्लो दिनसम्म कुल निक्षेप ६६ खर्ब ७४ अर्ब रुपैयाँ थियो।

मंसिर मसान्तसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप बढेर ५९ खर्ब ३७ अर्ब रुपैयाँ पुगेको छ। अघिल्लो दिनसम्म कुल निक्षेप ५९ खर्ब ३६ अर्ब रुपैयाँ थियो। यसैगरी मंसिर मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले कुल ५३ खर्ब ३३ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन्।

जुन अघिल्लो दिनको तुलनामा २ अर्ब रुपैयाँले बढीको हो। अघिल्लो दिनसम्म कुल कर्जा लगानी ५३ खर्ब ३१ अर्ब रुपैयाँ थियो। वाणिज्य बैंकहरुले भने मंसिर मसान्तसम्म ४७ खर्ब २२ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन्। मंसिर मसान्तसम्म बैंकहरुको औसत सीडी रेसियो ७८.७८ प्रतिशत र अन्तरबैंक ब्याजदर २.९९ प्रतिशत रहेको छ।