Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

वाणिज्य बैंकहरूको ब्याजदरः अधिकांशको स्थिर, केहीले बढाए, केहीले घटाए

२०८१ मंसिर ३० गते

बैंकिङ खबर/ वाणिज्य बैंकहरुले पुस महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। धेरैजसो बैंकले मंसिरकै ब्याजदरलाई निरन्तरता दिएका छन् भने केहीले घटाउँदा केहीले बढाएका छन्।

७ वटाले मंसिरकै व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदरलाई निरन्तरता दिएका छन् भने २ वटाले घटाउँदा ३ वटाले बढाएका छन्। मंसिरकै ब्याजरलाई पुसमा निन्तरता दिने बैंकमा सिटिजन्स बैंक, एभरेस्ट बैंक, ग्लोबल आइएमई बैंक, हिमालयन बैैंक, कुमारी बैंक, माछापुच्छ्रे बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंक छन्। मंसिरमा सिटिजन्स बैंकले ५.६५ प्रतिशत, एभरेस्ट बैंकले ६ प्रतिशत, ग्लोबल आइएमई बैंकले ५.७५, हिमालयन बैैंकले ६.२५, कुमारी बैंकले ५.९१ प्रतिशत, माछापुच्छ्रे बैंकले ६ प्रतिशत, स्ट्यान्डर्ड चार्टर्ड बैंकले ६.२५ प्रतिशत दिएका थिए।

यसैगरी नेपाल बैंक र एआईसी एसिया बैंकले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाएका छन्। पुसका लागि नेपाल बैंकले ५.६ प्रतिशत र एनआईसी एसियाले ६.६० प्रतिशत कायम गरेका छन्। मंसिरमा नेपाल बैंकले ५.९५ प्रतिशत र एनआईसी एसियाले ६.७९ प्रतिशत दिएका थिए।

त्यस्तै कृषि विकास बैंक, प्राइम कमर्सियल बैंक र लक्ष्मी सनराइज बैंकले मुद्दति निक्षेपको अधिकतम ब्याजदर बढाएका छन्। पुसका लागि ब्याजदर बढाएर कृषि विकास बैंकले ५.५७ प्रतिशत, प्राइम कमर्सियल बैंकले ६.२५ प्रतिशत र लक्ष्मी सनराइजले ५.७५ प्रतिशत पुर्याएका छन्। मंसिरमा कृषि विकास बैंकले ५.५४ प्रतिशत, प्राइम कमर्सियल बैंकले ५.७५ प्रतिशत र लक्ष्मी सनराइजले ५.५ प्रतिशत दिएका थिए।

बैंक असोज कात्तिक मंसिर पुस
नबिल ६.७५ ६.२५ ५.७५ ५.५७
नेपाल इन्भेष्टमेन्ट मेगा ६.५ ६.५ ६.५ ६.५
माछापुच्छ्रे
हिमालयन ६.२५ ६.२५ ६.२५
नेपाल एसबिआई
एभरेष्ट
एनआईसी एसिया ७.१८ ६.९९ ६.७९ ६.६
स्ट्यान्डर्ड चार्टर्ड ६.५ ६.२५ ६.२५
लक्ष्मी सनराइज ६.५ ५.७५ ५.७५
कुमारी ६.०१ ६.०१ ५.९१ ५.९१
सिद्धार्थ ६.५
सानिमा ५.९ ६.१५ ६.१५ ६.१५
एनएमबि ६.५ ६.५ ५.७५ ६.६
प्रभु ६.१ ६.१ ६.१ ६.१
ग्लोबल आइएमई ६.२५ ६.२५ ५.७५ ५.७५
सिटिजन ६.५ ५.७५ ५.६५ ५.६५
प्राइम कमर्सियल ६.२५ ५.७५ ६.२५
कृषि विकास ६.०७ ५.७५ ५.५३ ५.५७
नेपाल बैंक ५.९५ ५.९५ ५.९५ ५.६
राष्ट्रिय वाणिज्य बैंक ५.८