बैंकिङ खबर/ बैंकहरूले सेयर धितो कर्जामा औसत ९.१३ प्रतिशत व्याज लिएका छन् । अन्यत्र क्षेत्रबाट कर्जाको माग कम भएसँगै यो क्षेत्रलाई बैंकहरूले प्राथमिकतामा राखेको देखिन्छ । अहिले बैंकहरूले प्रडक्ट शीर्षकाको आधारमा दिने कर्जामा सबैभन्दा कम ब्याजदर ८.०४ प्रतिशत छ । बैंक तथा वित्तीय संस्थाले विपन्न वर्ग कर्जामो यो ब्याजदर दिइरहेका हुन् ।
यसपछि अल्पकालीन चालु पुँजी वा मागमा आधारित कर्जाको ब्याजदर छ। यो शीर्षकमा बैंकहरूले ८.७३ प्रतिशत ब्याज लिइरहेका छन्। यसपछि कम ब्याजदर हुने कर्जा भनेकै सेयर धितोमा जाने कर्जा हो। क्यास क्रेडिट कर्जा ९.२१ प्रतिशत, बिल खरिद कर्जामा ९.२२ प्रतिशत, आवधिक (टर्म) कर्जामा ९.३९ प्रतिशत, आवासीय घर कर्जा ९.४२ प्रतिशत, सवारी कर्जा ९.५८ प्रतिशत र घरजग्गा कर्जा (रियल स्टेट) ९.६० प्रतिशतमा दिइरहेका छन्।
अन्यमा ९.६७ प्रतिशत र अधिविकर्ष (ओभरड्राफ्ट) १०.०६ प्रतिशत ब्याजदरमा दिइरहेका छन्। क्षेत्रगत आधारमा कृषि क्षेत्र र यससँग सम्बन्धित व्यवसायले सबभन्दा कम ब्याजमा कर्जा पाइरहेका छन्। यो क्षेत्रले ८.२२ प्रतिशतदेखि ८.९० प्रतिशत ब्याजदरमा कर्जा पाइरहेका छन्। माछापालन, कृषि, वन तथा पेय पदार्थ उत्पादन, खानी लगायतका क्षेत्रले यो दरमा कर्जा पाइरहेका हुन्।
समग्रमा असोजको तुलनामा कर्जा लगानी घटेको छ। असोज महिनामा बैंकिङ प्रणालीबाट ४६ खर्ब ३१ अर्ब ८० करोड कर्जा लगानी भएकोमा कात्तिकमा घटेको हो। कात्तिकमा कर्जा लगानी ४६ खर्ब ३१ अर्ब ४५ करोडमा सीमित भएको छ।