Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

मञ्जुश्री फाइनान्सले ६.३५ प्रतिशत नगद लाभांश दिने

२०८१ मंसिर २४ गते


बैंकिङ खबर/ मञ्जुश्री फाइनान्सको लाभांश घोषणा भएको छ । फाइनान्स सञ्चालक समितिको आइतबार बसेको बैठकले आर्थिक वर्ष २०८०/८१ को कारोबारमा आधारित वित्तीय विवरणका आधारमा ६.३५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

हाल उक्त फाइनान्सको चुक्ता पुँजी १ अर्ब ३५ करोड रुपैयाँ छ । तोकिएको प्रतिशतका आधारमा लाभांश दिँदा लाभांशका लागि ८ करोड ५८ लाख रुपैयाँ खर्च हुने कम्पनीले जनाएको छ ।

यो लाभांश राष्ट्र बैंकबाट स्वीकृत भइ आगामी साधारणसभाबाट पारित भएपछि वितरण हुने फाइनान्सले जनाएको छ ।