Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

राष्ट्र बैंकको विभिन्न विभागमा हेरफेर : कुन विभागमा को पुगे ?

२०७३ मंसिर २० गते

rastra-bankनेपाल राष्ट्र बैंक नियमन विभाग प्रमुखमा नारायण पौडेल नियुक्त भएका छन् । राष्ट्र बैंकले विभागीय प्रमुखहरु हेरफेर गर्दै बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक रहेका पौडेललाई नियमन विभागमा सारेको हो । 

बैंक सुपरिवेक्षण विभागको प्रमुखमा भने राष्ट्र बैंकले महेश्वरलाल श्रेष्ठलाई नियुक्त गरेको छ । त्यस्तै, शिवनाथ पाण्डेलाई जनशक्ति विभागमा सारिएको छ । पाण्डे अबको केही दिनमा नै राष्ट्र बैंकबाट अवकाश हुँदैछन् । 

यता, वासुदेव अधिकारी आन्तरिक लेखा विभागमा पुगेका छन् । विदेशी विनिमय विभागमा निर्देशक रहेका अधिकारीलाई कामु कार्यकारी बनाउँदै आन्तरिक लेखा विभागको नेतृत्व दिइएको हो ।