बैंकिङ खबर/सिद्धार्थ बैंकले लगानीकर्तालाई नगद लाभांश दिने प्रस्ताव अगाडि सारेको छ। बैंकको ४३९औँ सञ्चालक समितिको बैंकले आर्थिक वर्ष २०८०/८१ को वितरणयोग्य मुनाफाबाट बैंकका सेयरधनीहरुलाई नगद लाभांश मात्रै वितरण गर्ने प्रस्ताव अगाडि सारेको हो।
बैंकले करप्रयोजन सहित गरेर ४ प्रतिशत अर्थात ५६ करोड ३५ लाख ९९ हजार २०८ रुपैयाँ लाभांश दिने प्रस्ताव गरेको हो। बैंकको चुक्ता पुँजी १४ अर्ब ८ करोड ९९ लाख रुपैयाँ छ।