Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

बैंकिङ प्रणालीमा अधिक तरलताः थप ७० अर्ब तान्दै राष्ट्र बैंक

२०८१ मंसिर २३ गते

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापनका लागि आज ७० अर्ब रुपैयाँ तान्ने भएको छ ।

बैंकहरुले ऋण विस्तार गर्न नसकेपछि राष्ट्र बैंकले प्रणालीमा बढी भएको पैसा निक्षेप संकलन बोलकबोल मार्फत तान्न लागेको हो ।

राष्ट्र बैंकले २१ दिनका लागि ७० अर्ब रुपैयाँ खिच्नका लागि बैंक तथा वित्तीय संस्थाहरुसँग प्रस्ताव मागेको हो । राष्ट्र बैंकले बजारबाट तानेको पैसाको साँवा ब्याज पुस १४ गते फिर्ता हुने जनाएको छ ।

निक्षेप दिन इच्छुक बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोडले भाग गर्दा निःशेष भाग जाने गरी कुल आव्हान रकमसम्म प्रस्ताव पेस गर्न सक्नेछन् ।