December 8th, 2024

बैंकिङ प्रणालीमा अधिक तरलताः थप ७० अर्ब तान्दै राष्ट्र बैंक

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापनका लागि आज ७० अर्ब रुपैयाँ तान्ने भएको छ ।

बैंकहरुले ऋण विस्तार गर्न नसकेपछि राष्ट्र बैंकले प्रणालीमा बढी भएको पैसा निक्षेप संकलन बोलकबोल मार्फत तान्न लागेको हो ।

राष्ट्र बैंकले २१ दिनका लागि ७० अर्ब रुपैयाँ खिच्नका लागि बैंक तथा वित्तीय संस्थाहरुसँग प्रस्ताव मागेको हो । राष्ट्र बैंकले बजारबाट तानेको पैसाको साँवा ब्याज पुस १४ गते फिर्ता हुने जनाएको छ ।

निक्षेप दिन इच्छुक बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोडले भाग गर्दा निःशेष भाग जाने गरी कुल आव्हान रकमसम्म प्रस्ताव पेस गर्न सक्नेछन् ।

30.DC_-NOtice2081.08.23