December 5th, 2024

छिमेक लघुवित्तसहित दुई कम्पनीको लाभांस घोषणा

बैंकिङ खबर/दुई कम्पनीको लाभांश घोषणा भएको छ । छिमेक लघुवित्त विकास बैंक र तारागाउँ रिजेन्सी होटलले आर्थिक वर्ष २०८०–८१ को नाफाबाट लाभांश घोषणा गरेका हुन् ।

छिमेक लघुवित्त विकास बैंकले यसपटक ८ प्रतिशत बोनस सेयर र ७ प्रतिशत नगद लाभांश समेत गरी कुल १५ प्रतिशत लाभांश घोषणा गरेको छ ।

त्यस्तै, तारागाउँ रिजेन्सी होटलले यसपटक ११ प्रतिशत नगद लाभांश मात्रै दिने उल्लेख गरेको छ । दुवै कम्पनीको लाभांश साधारणभाबाट पारित भएपछि वितरण हुनेछ । छिमेक लघुवित्तले भने साधारण सभाअघि राष्ट्र बैंकबाट लाभांश स्वीकृत समेत गराउनु पर्नेछ ।

आजै लाभांशसम्बन्धी निर्णय गरेको विन नेपाल लघुवित्तले भने यसपटक लाभांश नदिने निर्णय गर्दै सोही अनुसार नियामकबाट स्वीकृति लिने र साधारणसभामा प्रस्ताव लैजाने जनाएको छ ।