Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

बैंकहरुले घटाए कृषि कर्जा

२०८१ मंसिर १८ गते

बैंकिङ खबर/ बैंकहरुले कृषि कर्जा घटाएका छन् । सरकारले सहुलियतपूर्ण कर्जामा दिने ब्याज अनुदान रोकेपछि त्यसको असर कृषि क्षेत्रमा प्रवाह हुने कर्जामा परेको हो । चालु आवमा बैंक तथा वित्तीय संस्थाहरुबाट कृषि क्षेत्रमा जाने कर्जा खुम्चिएको छ ।

पहिलो त्रैमासमा बैंक तथा वित्तीय संस्थाबाट कृषि क्षेत्रमा जाने कर्जा ०.४ प्रतिशतले खुम्चिएको छ भने निजी क्षेत्रमा जाने कर्जा २.४ प्रतिशतले बढेको छ ।

कुन आवमा कति गए कृषि कर्जा ?

आर्थिक वर्ष कृषि क्षेत्रमा जाने कर्जा
(रु.दश लाखमा)
कर्जाको वृद्धिदर कृषि क्षेत्रको वृद्धिदर
२०८१/०८२ ४१६३०७.२ -०.४ (पहिलो त्रैमाससम्म) ४.२ अनुमान
२०८०/०८१ ४१७८७०.२ ०.८ २.९
२०७९/०८० ४१४६६१.३ ६.८ २.८
२०७८/०७९ ३३८२२७.३ १९.७ २.४
२०७७/०७८ ३२४२०१.२ ४३.६ २.९
२०७६/०७७ २२५७७२.४ १६.७ २.७