बैंकिङ खबर/ छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । बुधबार एक सूचना जारी गर्दै संस्थाले सहायक इकाई प्रबन्धकमा २३ जना कर्मचारी माग गरेको हो ।
इच्छुक उम्मेदवारले मान्यताप्राप्त शैक्षिक संस्थाहरुबाट कम्तीमा प्लस टु पास गरेको हुनुपर्ने छ । संस्थाले देशका विभिन्न गाउँ समाजमा बसी काम गर्न इच्छुक भएको उम्मेदवारलाई बढी प्राथमिकता दिने भएको छ ।
उक्त पदमा आवेदन दिन चाँहाने उम्मेदवारहरुले संस्थाको आधिकारीक वेबसाइट https://www.chhimekbank.org/career/ मार्फत आवेदन दिन सकिने संस्थाले जनाएको छ ।