November 28th, 2024

पचास करोडको वैदेशिक रोजगार बचपत्र निष्कासन गरिँदै

बैंकिङ खबर/ सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले आजदेखि (मंसिर १३) ५० करोड रुपैयाँको वैदेशिक रोजगार बचतपत्र निष्कासन तथा बिक्री गर्न लागेको छ ।

कार्यालयले पाँच वर्षे अवधिको वैदेशिक रोजगार बचतपत्र–२०८६ निष्कासन गर्न लागेको हो । बचतपत्र मंसिर १३ गतेदेखि ढिलोमा पुस १४ सम्म खुला रहनेछ ।

कार्यालयले वार्षिक ८.५ प्रतिशत ब्याजदर रहेको बचतपत्र न्यूनतम १० हजार रुपैयाँदेखि अधिकतम १० हजार रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी आह्वान गरेको रकमसम्म लगानीकर्ताले खरिद गर्न पाउनेछन् ।

बचतपत्रमा वैदेशिक रोजगारी गरिरहेका, नेपाल फर्केको ६ महिना नबितेका, गैरआवासीय नेपाली र तिनका परिवारले लगानी गर्न पाउने कार्यालयले जनाएको छ । बचतपत्रमा लगानी गर्नेले अर्धवाषिर्क रूपमा ब्याज भुक्तानी पाउनेछन् ।

साथै, यो बचतपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन र जुनसुकै बेला दोस्रो बजारमार्फत खरिदबिक्रीसमेत गर्न सकिने कार्यालयले जनाएको छ ।