बैंकिङ खबर/ वाणिज्य बैंकहरुमा लगानीयोग्य रकम थुप्रिएको छ । लगानीयोग्य रकम थुप्रिएसँगै बैंकहरुको कर्जा–निक्षेप अनुपात (सीडी रेसियो)६३ प्रतिशतसम्म आइपुगेको छ ।
नेपाल बैंकर्स संघले उपलब्ध गराएको गत कात्तिक मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो । कात्तिकमा वाणिज्य बैंकहरुको कुल निक्षेप ५९ खर्ब ३ अर्ब ५७ करोड रुपैयाँ कायम भएको छ । तर, कर्जा प्रवाह भने ४६ खर्ब ७९ अर्ब ९१ करोड रुपैयाँ कायम भएको छ ।
समिक्षा महिनामा बैंकहरुको सीडी रेसियो औसत ७७.०५ प्रतिशत कायम भएको छ । संघका अनुसार हाल बैंकहरुसँग ७ खर्ब ११ अर्ब ३८ करोड रुपैयाँ लगानी योग्य रकम छ । बैंकहरुसँग अथाह लगानीयोग्य रकम हुँदा सीडी रेसियो पनि घट्दो नै छ ।
हाल बैंक तथा वित्तीय संस्थाहरुले सीडि रेसियो अधिकतम ९० प्रतिशतसम्म कायम हुने गरि कर्जा प्रवाह गर्न पाउने व्यवस्था छ । हाल सबै बैंकहरु सहज अवस्थामा कर्जा प्रवाह गर्ने सक्ने अवस्थामा छन् ।
हाल सबैभन्दा कम सीडी रेसियो सरकारी स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंको देखिएको छ । बैंकको यस्तो रेसियो कात्तिकमा ६३.०१ प्रतिशत छ । यसका आधारमा हाल बैंकसँग १ खर्ब १४ अर्ब ९२ करोड बढी रकम लगानी योग्य छ । राष्ट्र बैंकको व्यवस्था अनुसार बैंकले सो बराबरको रकम कर्जा दिन सक्छ । कात्तिकमा बैंकले ४ खर्ब २५ अर्ब ८० करोड रुपैयाँ निक्षेप संकलन गरेको छ । २ खर्ब ६७ अर्ब १५ करोड रुपैयाँ कर्जा लगानी गरेको देखिन्छ ।
यस्तै, समीक्षा अवधिमा स्ट्याण्डर्ड चार्टर्ड बैंकको सीडी रेसियो ६.१ प्रतिशत छ । बैंकसँग २७ अर्ब मात्रै लगानीयोग्य रकम छ । यस्तै, नेपाल एसबिआई बैंकको सीडी रेसियो ७०.१८ प्रतिशत, कृषि विकासको ७३.६२ प्रतिशत, नेपाल बैंकको ७४.४५ प्रतिशत, प्रभूको ७५.३५ प्रतिशत, हिमालयनको ७५.७४ प्रतिशत, ग्लोबल आइएमई बैंकको ७७.३७ प्रतिशत, लक्ष्मी सनराइजको ७७.९७ प्रतिशत र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ७८.२० प्रतिशत रहेको छ ।
यता, एभरेष्ट बैंकको सीडी रेसियो ०.०३ प्रतिशत, सानिमाको ८१.११ प्रतिशत, एनआइसी एशियाको ८१.१४, माछापुच्छ्रेको ८१.३५, नबिलको ८१.३, सिद्धार्थको २.०२, सिटिजनको ८३.२९, कुमारीको ८३.०, एनएमबिको ४.३ प्रतिशत, प्राइम कमर्सियलको ८५.४१ प्रतिशत छ।
कात्तिक मसामन्तसम्म आँकडा अनुसार ग्लोबल आइएमईसँग ६६ अर्ब ५१ करोड रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट मेगासँग ५१ अर्ब ८३ करोड, हिमालयनसँग ४५ अर्ब ३२ करोड, नेपाल बैंकसँग ४४ अर्ब ९७ करोड, प्रभूसँग ४४ अर्ब ५४ करोड, लक्ष्मी सनराइजसँग ४० अर्ब ६९ करोड, नबिलसँग ३९ अर्ब ६० करोड रुपैयाँ लगानीयोग्य रकम छ ।
सीडी रेसियोको आधारमा नेपाल एसबिआइ बैंकसँग ३६ अर्ब ८९ करोड रुपैयाँ, कृषि विकाससँग ४२ अर्ब ८३ करोड, एनआइसी एशियासँग २८ अर्ब ८ करोड, एभरेष्टसँग २४ अर्ब ३६ करोड, कुमारीसँग २२ अर्ब ४८ करोड, स्ट्याण्डर्डसँग १९ अर्ब ५९ करोड, सानिमासँग १८ अर्ब ७ करोड, माछापुच्छ्रेसँग १४ अर्ब ६० करोड, एनएमबिसँग १३ अर्ब ५८ करोड, सिटिजनसँग १३ अर्ब ४ करोड र प्राइम कमर्सियल बैंकसँग १० अर्ब २८ करोड रुपैयाँ लगानीयोग्य रकम छ ।