Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

११ महिनापछि धितोपत्र बोर्डले पायो अध्यक्ष, सन्तोषनारायण नियुक्त

२०८१ मंसिर १० गते

बैंकिङ खबर/सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्षमा सन्तोष नारायण श्रेष्ठलाई नियुक्ति गरेको छ । सोमबार बसेको मन्त्रीपरिषद बैठकले श्रेष्ठलाई अध्यक्ष नियुक्त गरेको हो ।

जसका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारीको संयोजकत्वमा गठन गरिएको समितिले तीन जनाको नाम अर्थ मन्त्रालयमा सिफारिस गरेको थियो। सिफारिसमा बोर्डका कार्यकारी निर्देशक डा. नवराज अधिकारी, अर्का कार्यकारी निर्देशक मुक्ति श्रेष्ठ र सन्तोष नारायण श्रेष्ठको नाम समावेश थियो।

तीन जनाको नाम सिफारिस भएकाेमा सरकारले श्रेष्ठलाई अध्यक्षमा नियुक्त गरेकाे हाे। नेपाल धितोपत्र बोर्ड पुस २०८० देखि अध्यक्षविहीन थियो।