November 24th, 2024

वाणिज्य बैंकको पीबी रेसियो औसतमा १.७९ गुणा : कुनको कति ?

बैंकिङ खबर/ नेप्सेमा सूचीकृत १९ वाणिज्य बैंकहरूको पीबी रेसियो औसतमा १ दशमलव ७९ गुणा रहेको छ । बैंकहरूमध्ये स्ट्याण्डर्ड चार्टर्ड बैंकको पीबी रेसियो सबैभन्दा बढी ३ दशमलव ३५ गुणा रहेको छ ।

दोस्रोमा एभरेष्ट बैंकको पीबी रेसियो २ दशमलव ७७ गुणा रहेको छ । कम पीबी रेसियो हुनेमा नेपाल बैंकको १ दशमलव ०६ गुणा रहेको छ । यस आधारमा वाणिज्य स्ट्याण्डर्ड चार्टर्ड बैंक बाहेक सबै बैंकको पीबी रेसियो ३ भन्दा तल रहेको छ ।

यो रेशियो ३ भन्दा तल आएको कम्पनीमा लगानी गर्न राम्रो मानिन्छ । यस्ता कम्पनीमा लगानी गर्दा कम जोखिम हुने गर्दछ । कम्पनीको बजार मूल्य सामान्यतया किताबी मूल्य अर्थात् प्रतिशेयर नेटवर्थभन्दा बढी हुने गर्दछ । पिबी अनुपात लगानीकर्ताहरूले सम्भावित लगानीहरूको पहिचान गर्न प्रयोग गर्ने गर्दछन् ।

कम्पनीको खुद सम्पत्तिमा कम्पनीले तिर्नुपर्ने दायित्व घटाएपछि आउने अनुपातलाई प्रतिशेयर नेटवर्थ अथवा किताबी मूल्य भनिन्छ । यदि कम्पनी केही कारणबस डुब्ने अवस्था आएमा आफ्ना लगानीकर्तालाई किताबी मूल्यको आधारमा लगानी फिर्ता गर्ने गरिन्छ ।

वाणिज्य बैंकको पीबी रेसियो औसतमा
कम्पनीको नाम  पछिल्लो शेयर मूल्य रू. प्रतिशेयर नेटवर्थ रू. पिबि रेशियो अनुपातमा
स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल ७६० २२७.१३ ३.३५
एभरेष्ट बैंक ६०७ २१९.०१ २.७७
नबिल बैंक ५५३.७ २२९.४८ २.४१
नेपाल एसबिआई बैंक ४५९.७ १९३.४६ २.३८
एनआईर्सी एशिया बैंक ४२६.३ २०३.७२ २.०९
सानिमा बैंक ३१५.१ १५६.९६ २.०१
माछापुच्छ्रे बैंक २६०.२ १५३.१६ १.७
प्राइम कमर्शियल बैंक २७६ १६६.११ १.६६
सिद्धार्थ बैंक ३२३.५ २०१.७२ १.६
एनएमबि बैंक २५५ १६४.९५ १.५५
कुमारी बैंक २२०.८ १४६.२२ १.५१
सिटिजन्स बैंक इन्टरनेशल  २३० १५३.६२ १.५
कृषि विकास बैंक ३५३ २३७.८३ १.४८
प्रभु बैंक २३५ १५९.९३ १.४७
ग्लोबल आइएमई बैंक २५५ १७४.२ १.४६
हिमालयन बैंक २५४ १७९.६८ १.४१
लक्ष्मी सनराइज बैंक २५० १८०.९५ १.३८