Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

नेप्सेले विस्तार गर्‍यो स्टक डिलरको लगानी क्षेत्र, ११२ कम्पनीमा गर्न पाउने

२०८१ मंसिर ७ गते

बैंकिङ खबर/नेपाल स्टक एक्सचेन्जले स्टक डिलरले कारोबार गर्नका लागि योग्य कम्पनीको सूची निकालेको छ। नेप्सेले नबिल स्टक डिलर र नागरिक स्टक डिलरले कारोबार गर्न मिल्ने ११२ वटा कम्पनीको नामावली सार्वजनिक गरेको हो।

बिहीबार सूचना जारी गर्दै नेप्सेले धितोपत्र व्यापारी (स्टक डिलर) कार्य सञ्चालनसम्बन्धी कार्यविधि २०७७ को परिच्छेद २ को दफा ३(२) बमोजिम मापदण्ड पूरा गरेका ११२ कम्पनीहरुको नामावली निकालेको हो।

यसअघि ७० वटा कम्पनीको कारोबार अनुमति दिइएको थियो। नेप्सेले स्टक डिलरलाई लगानीको क्षेत्र विस्तार गर्नका लागि कम्पनीहरु थपेको हो।