November 19th, 2024

राष्ट्र बैंकको सम्पत्ति तथा दायित्व ३० प्रतिशतले बढ्यो

बैंकिङ खबर/ गत असार मसान्तसम्ममा नेपाल राष्ट्र बैंकको सम्पत्ति तथा दायित्व २० खर्ब ६७ अर्ब रुपैयाँ पुगेको छ । २०८० असार मसान्तको तुलनामा यो ३०.१५ प्रतिशतले बढेको हो । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आइतबार उपप्रधान तथा अर्थ मन्त्री विष्णु पौडेलसमक्ष गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन पेस गरेका छन् ।

प्रतिवेदनमा आर्थिक वर्ष २०८०/८१ को विदेशी विनिमय तथा अन्य सम्पत्ति पुनर्मूल्यांकन लाभ/हानि समायोजन अघिको खुद आय अघिल्लो वर्षको तुलनामा २१.९६ प्रतिशतले बढेर.७३ अर्ब ७६ करोड २३ लाख २१ हजार कायम भएको छ ।

२०८१ कात्तिक २९ गते बैंकको सञ्चालक समितिको बैठकले बैंकको खुद मुनाफाबाट विभिन्न आवश्यक कोषहरूमा छुट्ट्याउनु पर्ने रकम विनियोजन गरी बाँकी बचत रकम ३७ अर्ब २२ करोड ३८ लाख २१ हजार नेपाल सरकारलाई उपलब्ध गराउने निर्णय गरेको छ ।