बैंकिङ खबर/ अधिकांश बैंकहरुले मंसिरका लागि बचतको ब्याजदरलाई स्थिरता दिएका छन्। केही बैंकले १ वर्षभन्दा बढी अवधिको मुद्दती निक्षेपको ब्याजदर घटाए पनि अधिकांश बैंकहरुले कात्तिककै निक्षेपको ब्याजदरलाई निरन्तरता दिएका छन्। साधारण मुद्दती निक्षेपमा बैंकहरुले आवधिका आधारमा न्युनतम ३.२५ प्रतिशतदेखि अधिकतम ६.७९ प्रतिशत ब्याजदर तोकेका छन्।
गत आर्थिक वर्षको कात्तिक महिनायता बैंकहरुले निरन्तररुपमा निक्षेप र कर्जाको ब्याजदर घटाइरहेका छन्। जसले गर्दा बैंकहरुको औषत निक्षेपको ब्याजदर करिब ५.५३ प्रतिशत र कर्जाको औषत ब्याजदर ९.५८ प्रतिशतसम्म आइसकेको छ।
कात्तिक महिनाबाटै कतिपय बैंकहरुले घरकर्जा ७.३६ प्रतिशत र अटोकर्जा करिब ८.५० प्रतिशत ब्याजदरमा दिइरहेका छन्। भदौ, असोज र कात्तिकमा निरन्तररुपमा ब्याजदर घटेकाले मंसिर महिनामा बैंकहरुले थप कर्जाको ब्याजदर घटाउने देखिएको छ।
मंसिरमा पनि ब्याजदर घटाउने नबिल, ग्लोबल आइएमईलगायतका बैंहरुको पुसमा पनि कर्जाको ब्याजदर घट्ने देखिएको छ। नबिल, ग्लोबल आइएमईलगायतका बैंकहरुले मंसिरका लागि लामो अवधिको मुद्दती निक्षेपको ब्याजदर ०.५ प्रतिशतले ब्याजदर घटाएका छन्।
हिमालयन बैंकले कात्तिक महिनाकै ब्याजदरलाई मंसिर महिनामा पनि निरन्तरता दिएको छ। बैंकले मंसिरमा पनि ३ महिनासम्मका लागि ३.२५ प्रतिशत र १ वर्षसम्मको मुद्दती निक्षेपमा ५.७५ प्रतिशत ब्याज दिने भएको छ। कुमारी बैंकले पनि कात्तिकको ब्याजदर नै मंसिरमा पनि निरन्तरता दिने भएको छ।
यस बैंकले कात्तिकमा मुद्दती निक्षेपको ब्याजदर अधिकतम ५.७१ प्रतिशत र ५.९१ प्रतिशत तोकेको छ। डिजिटल बैंकिङलाई प्रोत्साहन गर्ने भन्दै बैंकले मोबाइल बैंकिङमार्फत मुद्दती निक्षेप जम्मा गर्ने निक्षेपकर्तालाई बैंकले बढी ब्याज दिँदै आएको छ।
एनआईसी एसिया बैंकले पनि कात्तिक महिनाकै ब्याजदरलाई मंसिरमा पनि निरन्तरता दिएको छ। यस बैंकले मंसिरमा ३ महिना अवधिको मुद्दती निक्षेपको ब्याजदर ३.५० प्रतिशत, ३ देखि १ वर्ष अवधिको मुद्दती निक्षेपमा ४ प्रतिशत, २ वर्षसम्मको मुद्दती निक्षेपमा ४.१५ प्रतिशत र ५ वर्षभन्दा बढी अवधिको मुद्दती निक्षेपमा ६.७९ प्रतिशत ब्याज दिने भएको छ।
ग्लोबल आइएमई बैंकले ६ महिनादेखि १ वर्षसम्म अवधिको मुद्दती निक्षेपको ब्याजदर ०.५ प्रतिशत बिन्दुले घटाएको छ। कात्तिकमा यस्तो मुद्दती निक्षेपमा बैंकले कात्तिकमा ५ प्रतिशत ब्याजदर दिँदै आएकोमा मंसिरबाट ४.५० प्रतिशत मात्रै ब्याजदर दिने भएको छ।
यस्तै यस बैंकले १ वर्षदेखि २ वर्ष अवधिको मुद्दती निक्षेपको ब्याजदर ५.५० प्रतिशतबाट घटाएर ५ प्रतिशत र २ वर्षभन्दा बढी अवधिको मुद्दती निक्षेपको ब्याजदर ६.२५ प्रतिशतबानट घटाएर ५.७५ प्रतिशत कायम गरेको छ।
प्रभु बैंकले पनि कात्तिक महिनाकै ब्याजदरलाई मंसिरमा निरन्तरता दिएको छ। यस बैंकले साधारण मुद्दती बचततर्फ १ वर्ष अवधिको मुद्दतीमा ५.१ प्रतिशत, १ वर्षदेखि ५ वर्ष अवधिको मुद्दती निक्षेपमा ५.६० प्रतिशत ५ वर्षभन्दा बढी अवधिको मुद्दती बचतमा ६.१० प्रतिशत ब्याजदर मंसिरमा पनि दिने भएको हो।
नेपाल बैंक लिमिटेडले कात्तिक महिनाकै ब्याजदरलाई निरन्तरता दिँदै मंसिरमा पनि व्यक्तिगत मुद्दती निक्षेपमा अवधिका आधारमा ४.५५ प्रतिशतदेखि अधिकतम ५.९५ प्रतिशतसम्म ब्याजदर दिने भएको छ।
नबिल बैंकले बढी अवधिको मुद्दती निक्षेपको ब्याजदर घटाएको छ। यस बैंकले ३ देखि १ वर्ष र १ वर्षदेखि २ वर्ष अवधिको मुद्दती बचतमा ५ र ५.२५ प्रतिशत ब्याजदरलाई मंसिरमा स्थिरता दिएपनि २ देखि ५ वर्ष अवधिको मुद्दती निक्षेपको ब्याजदर ५.७५ प्रतिशतबाट घटाएर ५.५० प्रतिशत र ५ वर्ष अवधिको मुद्दती निक्षेपमा ६.२५ प्रतिशत ब्याजदर दिएको यस बैंकले मंसिरमा ५.७५ प्रतिशत ब्याजदर कायम गरेको छ।
नेपाल एसविआई बैंक, एभरेष्ट बैंक, एनएमबि बैंक लगायतका बैंकहरुले मंसिरमा पनि कात्तिकै निक्षेपको ब्याजदरलाई निरन्तरता दिएका छन। यस्तै माछापुच्छ्रे, स्टाण्डर्ड चार्टर्ड सिदार्थ, एनमएबि लगायतका बैंकहरुले भने लामो अवधिको मुद्दती निक्षेपको ब्याजदर घटाएका छन्। मंसिरका लागि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले बढी अवधिको मुद्दती निक्षेपको ब्याजदर बढाएको छ।
व्यक्तिगत मुद्दती निक्षेपमा बैंकहरुले तोकेको ब्याजदर
बैंक | कात्तिकको ब्याजदर % | मंसिरको ब्याजदर % |
कृषि विकास | ५.७५ | ५.५३ |
राष्ट्रिय वाणिज्य | ५.८ | ६ |
नेपाल एसबीआई | ६ | ६ |
लक्ष्मी सनराइज | ६ | ५.५ |
ग्लोबल आईएमई | ६.२५ | ५.७५ |
कुमारी | ६.०१ | ५.७१ |
प्राइम कमर्सियल | ६ | ५.७५ |
नेपाल | ५.९५ | ५.९५ |
सानिमा | ६.१५ | ६.१५ |
सिटिजन्स | ५.७५ | ५.६५ |
नबिल | ६.२५ | ५.७५ |
इन्भेस्टमेन्ट मेगा | ६.५ | ६.५ |
सिद्धार्थ | ६ | ६ |
स्टान्डर्ड चार्टर्ड | ६.५ | ६.२५ |
माछापुच्छ्रे | ७ | ६ |
प्रभु | ६.१ | ६.१ |
एनएमबी | ६.५ | ५.५७ |
एनआईसी एसिया | ६.९९ | ६.७९ |
हिमालयन | ६.२५ | ६.२५ |
एभरेस्ट | ६ | ६ |