Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

बैंकिङ प्रणालीबाट एकैदिन बाहिरियो १३ अर्ब, कर्जा पनि घट्यो

२०८१ कार्तिक २८ गते

बैंकिङ खबर/ बैंकिङ प्रणालीबाट एकैदिन १३ अर्ब रुपैयाँ बाहिरिएको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार कात्तिक २५ गते एकैदिन बैंक तथा वित्तीय संस्थाको १३ अर्ब रुपैयाँ निक्षेप घटेको हो।

योसँगै बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ६६ खर्ब २२ अर्ब रुपैयाँमा झरेको छ। अघिल्लो दिनसम्म कुल निक्षेप ६६ खर्ब ३५ अर्ब रुपैयाँ थियो।

कात्तिक २५ गते बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी पनि ३ अर्ब रुपैयाँले घटेको छ। अघिल्लो दिनसम्म बैंक तथा वित्तीय संस्थाको कुल कर्जा लगानी ५२ खर्ब ७७ अर्ब रुपैयाँ रहेकोमा कात्तिक २५ गते घटेर ५२ खर्ब ७४ अर्ब रुपैयाँमा झरेको छ।

असोज २५ मा बैंकहरुको औसत सीडी रेसियो ७८.३१ प्रतिशत रहेको छ। अघिल्लो दिन ७८.२० प्रतिशत थियो। अन्तरबैंक ब्याजदर भने ३ प्रतिशत रहेको छ।