November 12th, 2024

‘विदेशी पैसा बारेका यी व्यवस्था थाहा पाइराखौं’

रविन्द्र भट्टराई

बैंकिङ खबर/ विदेशी मुद्रा (पैसा)मा अंकित सिक्काहरु नेपालमा सटही हुँदैनन् । नेपाली वा विदेशी नागरिक अन्य मुलुकमा जाँदा वा नेपालमा आउँदा नगद अमेरिकी डलर ५ हजार वा सो बराबरको अन्य परिवत्र्य विदेशी मुद्रा लैजान वा ल्याउन सक्छन् । सो भन्दा बढी नगद परिवत्र्य विदेशी मुद्रा नेपाल भित्र्याउनु परेको अवस्थामा भन्सार कार्यालयमा स्वघोषणा गरेर मात्र भित्र्याउनुपर्छ ।

नेपाली वा विदेशी नागरिक अन्य मुलुकमा जाँदा लैजान वा नेपालमा आउँदा ल्याउन पाउने नगद नेपाली रुपैयाँको सीमा ५ हजार रहेको छ । नेपाली नागरिकले स्रोत खुलेको आधारमा आफैसँग अधिकतम अमेरिकी डलर १,५०० वा सो बराबरको नगद परिवत्र्य विदेशी मुद्रा राख्न सक्दछन् ।

नेपालमा भारतीय रुपैयाँ १०० वा सोभन्दा सानादरका मुद्रा मात्र ल्याउन, लैजान तथा सटही गर्न पाइन्छ । च्यातिएको, मैलिएको, झुत्रिएको, प्वाल परेको, केरमेट भएको, जलेको, गलेको, लुलो भएको, किराले खाएको, पानीले भिजेको विदेशी नोटको सटही गर्न नेपाल राष्ट्र बैंक बाध्य हुने छैन भनि भनिएको छ ।