बैंकिङ खबर/ नेपाल राष्ट्र बैंक मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षाको तयारीमा जुटेको छ । केन्द्रीय बैंकले हरेक त्रैमासिक र अर्धवार्षिक मौद्रिक समीक्षा ल्याउनुपर्छ। त्रैमासिक र अर्धवार्षिक मौद्रिक सीमक्षा भने त्रैमास सकिएको ४५ दिनभित्र सार्वजनिक गर्ने गरिन्छ।
बैंकको आर्थिक अनुसन्धान विभागले मौद्रिक समीक्षा ल्याउने आन्तरिक तयारी गरिरहेको राष्ट्र बैंकले जनाएको छ । विभागले समीक्षा तयार गरेर व्यवस्थापन समितिमा पठाउँछ । समितिले फाइनल गरेर राष्ट्र बैंकको बोर्डमा पठाउँछ । बोर्ड बैठकले समीक्षा पारित गरेपछि समीक्षा सार्वजनिक हुन्छ । मंसिरको पहिलो सातासम्म मौद्रिक समीक्षा आउन सक्ने राष्ट्र बैंले जनाएको छ ।