
बैंकिङ खबर/ सिटिजन लाइफ इन्स्योरेन्समा रोजगारी खुलेको छ । कम्पनीले देशभरका विभिन्न १३ शाखा कार्यालयका लागि कर्मचारी मागेको हो ।
कम्पनीले मधेश प्रदेशको जलेश्वर शाखा, महेन्द्रनगर शाखा(धनुषा), बागमती प्रदेशको सिन्धुली, चरिकोट, कोटेश्वर र मैतिदेवी शाखा, गण्डकी प्रदेशको भिमाद शाखा, कर्णाली प्रदेशको श्रीनगर र सुदूरपश्चिम प्रदेशको दिपायल शाखा कार्यालयका लागि ब्रान्च म्यानेजर, सब ब्रान्च म्यानेजर र हेड अफ ब्रान्च म्यानेजर माग गरेको छ ।



