बैंकिङ खबर/ विप्रेषणको सबैभन्दा बढी प्रयोग दैनिक उपभोगमा हुने गरेको पाइएको छ । राष्ट्रिय तथ्यांक कार्यालयको नेपाल जीवनस्तर सर्वेक्षण चौथो २०७९/०८० का अनुसार देशभरका घरपरिवारमध्ये ७६.८ प्रतिशत विप्रेषण प्राप्त गरेको देखिन्छ र यस्ता घरपरिवारले औसतमा रु.१ लाख ४५ हजार ०९३ प्राप्त गरेको देखिन्छ ।
घरपरिवारले प्राप्त गर्ने विप्रेषणमध्ये २९.३ प्रतिशत स्वदेश भित्रबाट, २१.३ प्रतिशत भारतबाट र ४९.४ प्रतिशत भारत बाहेक अन्य मुलुकबाट प्राप्त हुने देखिन्छ ।
घरपरिवारले प्राप्त गरेको विप्रेषण मुख्य रुपमा दैनिक उपभोगमा खर्च हुने गरेको देखिन्छ । दैनिक उपभोगमा ७२.४ प्रतिशत, ऋण तिर्ने १५.८, शिक्षामा ४.६(स्वदेश), १.९ घरायसी दिगो सरसामान खरिदमा १.९प्रतिशत, १.९ बचत र १.२ पुँजी निर्माणमा खर्च गरेको देखिन्छ ।